सुनसरीमा नाबालिकामाथि निर्मम कुटपिट, ३ जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्रमा एक नाबालिकामाथि गरिएको निर्मम कुटपिट घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गत चैत १२ गते सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा बराहक्षेत्र नगरपालिका–२ स्थित पुनर्वासको वाईस बिघे जंगलमा १३ वर्षीया नाबालिकामाथि निर्घात कुटपिट गरिएको देखिएको थियो। भिडियो भाइरल भएसँगै घटनाले व्यापक ध्यान तानेको थियो।

घटनालाई गम्भीर रूपमा लिँदै इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले तत्काल अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

अनुसन्धानका क्रममा बराहक्षेत्र–२ नहरचौक बस्ने २१ वर्षीय सुदिन राई, २० वर्षीय निशान राई र एक १७ वर्षीय नाबालकलाई क्रमशः चैत १३, १४ र १५ गते पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका तीनै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुरमा मुद्दा दर्ता गरिएको छ। उनीहरूलाई जिल्ला अदालत सुनसरीबाट ५ दिनको म्याद थप अनुमति समेत प्राप्त भइसकेको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।