इनिशा विक हत्या प्रकरण : सामूहिक बलात्कारपछि हत्या, चार जनाविरुद्ध अभियोगपत्र दायर

काठमाडौ । सुर्खेतमा १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले चार जनाविरुद्ध सामूहिक बलात्कारपछि हत्या गरेको आरोप लगाउँदै जिल्ला अदालत सुर्खेतमा अभियोगपत्र दायर गरेको छ।

वकिल कार्यालयले घटनालाई पूर्वयोजनाअनुसार गरिएको सामूहिक अपराध ठहर गर्दै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम बाल इजलासमा मुद्दा दर्ता गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले चैत ११ गते अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। प्रहरीले आफ्नो प्रतिवेदनमा घटना सामूहिक नभई एकल जबरजस्ती करणीपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको निष्कर्ष निकालेको थियो।मुख्य अभियुक्त भनिएका १६ वर्षीय किशोरले जबरजस्ती करणी गर्दा संवेदनशील अंग च्यातिएको र सोही कारण मृत्यु भएको भन्दै प्रहरीले उनीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी कसुरमा जन्मकैदको मागसहित प्रतिवेदन पेस गरेको थियो। अन्य तीन जनाविरुद्ध भने ज्यानसम्बन्धी कसुरमा मात्र मुद्दा चलाउने तयारी थियो।

तर सरकारी वकिल कार्यालयले भने चारै जना किशोरले मिलेर पूर्वयोजनाअनुसार इनिशालाई बोलाई सामूहिक रूपमा जबरजस्ती करणी गरेको र त्यसका कारण अत्यधिक रक्तस्राव भई मृत्यु भएको ठहर गरेको छ।

अभियोगपत्रमा चारै जना वारदात स्थलमा उपस्थित रहेको, शव परीक्षण प्रतिवेदनमा शरीरका विभिन्न भागमा चोटपटक तथा निलडाम देखिएको र किटानी जाहेरीसमेत परेको आधारमा सामूहिक बलात्कारपछि हत्या भएको दाबी गरिएको छ।

अभियोगपत्रअनुसार घटनाको दिन फागुन २३ गते बिहान वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा इनिशालाई फोन गरेर बोलाएको थियो। त्यहाँ पुगेपछि चारै जनाले मिलेर जबरजस्ती करणी गरेको र अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको उल्लेख छ।मुख्य अभियुक्तले इनिशा बेहोस भएपछि साथीहरूलाई सहयोगका लागि बोलाएको बयान दिए पनि उक्त दाबी स्वतन्त्र प्रमाणबाट पुष्टि नभएको सरकारी वकिल कार्यालयको भनाइ छ।

घटनास्थल आसपासको सिसिटिभी फुटेजमा मृतक र एक जना अभियुक्त पहिले र अन्य तीन जना पछि सो क्षेत्रतर्फ गएको देखिए पनि वारदातको समयमा चारै जना उपस्थित रहेको अभियोगपत्रमा उल्लेख गरिएको छ। उनीहरूले उद्धारको प्रयास गरेको प्रमाण नदेखिएको पनि वकिल कार्यालयले जनाएको छ।

फागुन २३ गते बिहान साढे ९ बजेतिर वीरेन्द्रनगर–४ को जनजागरण सामुदायिक वनमा इनिशा अचेत अवस्थामा फेला परेकी थिइन्। गुर्भाकोट नगरपालिका–६ बडाखोली घर भई वीरेन्द्रनगरमा बस्दै आएकी उनी वीरेन्द्रनगर–६ स्थित उषा बाल वाटिका माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिइन्। बिहान ६ बजे प्रायोगिक परीक्षा दिन भनेर घरबाट निस्किएकी थिइन्। स्थानीय र प्रहरीले उनलाई प्रदेश अस्पताल कालागाउँ पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले मृतकका प्रेमी भनिएका एक किशोरलाई सोही दिन नियन्त्रणमा लिएको थियो। आफन्तको जाहेरीपछि थप तीन जना नाबालकलाई फागुन २४ गते पक्राउ गरी अनुसन्धान अघि बढाइएको थियो।

पोस्टमार्टमका लागि भेरी अस्पताल बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्यको टोली सुर्खेत पुगेको थियो। प्रारम्भिक प्रतिवेदनमा जबरजस्ती करणीपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।