यि हुन् जिप दुर्घटनामा निधन भएका एउटै कार्यालयका दुई कर्मचारी
दार्चुला । दार्चुलामा मंगलबार बिहान भएको जिप दुर्घटनामा ज्यान गुमाएका दुई जना कर्मचारी भएको खुलेको छ ।
शैल्यशिखर नगरपालिका–४ ओशिल भन्ने ठाउँमा भित्री सडक खण्डमा सुपप्र०१–००१ ज १६४१ नम्बरको जिप दुर्घटना हुँदा शैल्यशिखरा–१ बस्ने ४५ वर्षका भरत तितरा र मालिकार्जुन–७ बस्ने ३५ वर्षीया मनिसा पालको मृत्यु भएको थियो ।
उनीहरु दुवै जना कर्मचारी भएको पाइएको हो । पाल जलस्रोत तथा सिचाई डिभिजन कार्यालय दार्चुलामा अधिकृत छैटौ (अधिकृत इन्जिनियरिङ) पदमा कार्यरत थिइन् भने सहायक पाचौँ तितरा (सिनियर एशोसियसन अग्रनाइजेशन अफिसर) थिए ।
दुवै जना काडापारी साइड भिजिटमा गएका थिए । केही दिनदेखि दुवै जना फिल्डमै थिए । उनीहरुको शव परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । दुर्घटनामा घाइते भएका जिप चालकसहितका चार जनाको पनि गोकुलेश्वरमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।


