धरानको चारकोशे जंगलमा एक पुरुषको शव फेला
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ८ चारकोशे जङगल फोहोर डम्पिङ साईटको पश्चिम तर्फ एक पुरुष मृतावस्थामा फेला परेका छन् ।
विराटनगर वस्ने ५५ बर्षका दधीराम घिमिरे शिरिसको रुखमा प्लास्टिकको लाइलुनको डोरीको पासोमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
उक्त शवलाई धरान खानेपानी बोर्डको कर्मचारीले काम गर्ने क्रम्मा फेला पारेको इलाका प्रहरी कार्यलयको प्रमुख भिषण बाबू राईले जानकारी दिए ।


