भोजपुरको पञ्चकन्या माविमा १ लाख १ हजारको अक्षयकोष स्थापना

भोजपुर । भोजपुर जिल्लाको बोखिमस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ।

उक्त विद्यालयका पूर्वविद्यार्थी डा. नरहाङ तामाङ र तीर्थराज योञ्जन (तामाङ)ले आफ्नो परिवारको तर्फबाट स्वर्गीय आपा नरबहादुर तामाङ तथा जीवित सितामाया तामाङको संयुक्त नाममा रु १ लाख १ हजार १ सय ११ बराबरको अक्षयकोष स्थापना गरेका हुन्।

उक्त अक्षयकोषबाट विद्यालयका शिक्षक तथा शिक्षिकाहरूको कार्यसम्पादन मूल्याङ्कन गरी उत्कृष्टलाई प्रोत्साहन गर्ने तथा समग्र शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य राखिएको तीर्थराज योञ्जनले जानकारी दिनुभयो।

कार्यक्रमका अवसरमा विद्यालयका विद्यार्थीहरूलाई बिस्कुट वितरणसमेत गरिएको थियो। दाताहरूले आफूहरूले बाल्यकालमा अध्ययन गरेको विद्यालयप्रति कृतज्ञता प्रकट गर्दै शिक्षाको गुणस्तर सुधारमा सानो भए पनि योगदान पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताएका छन्।

स्थानीय स्तरमा यस्ता पहलहरूले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖