झापा, मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जना पक्राउ

विराटनगर, चैत १८ गते । झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट चैत १७ लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ९ जनालाई पक्राउ गरीएको छ ।

झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितबाट प्र.१-०१-०१२ प ४७१५ नम्बरको स्कुटर चालक मेचीनगर नगरपालिका-१२ का संतोष लिम्बु पछाडी सवार ओम नरायण मंडल र पुजन कुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित र मे ४ प ८२७४ नम्बरको मोटरसाईकल चालक भद्रपुर-९ का रेसल खड्का पछाडी सवार संदिप राजबशी र प्रबिण राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय अनारमनीले दमक नगरपालिका-८ का छितिज तामाङलाई १ ग्राम २७० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय रानीले सुनसरीको धरान उप-महानगरपालिका-११ का बिनायक सुवेदीलाई २४ एम्पुल प्रतिबन्धित औषधी सहित मोरङको-१५ स्थितबाट नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुर चौदण्डी-४ का पर्वत राईलाई ३० ट्यब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ ।

पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।