धनकुटा सहित कोशीका विभिन्न जिल्लाबाट ७ जना पक्राउ

विराटनगर, चैत १९ गते । झापा, मोरङ, धनकुटा र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत १८ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागु औषध नियन्त्रण व्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले स्थानिय बिजय तिवारीलाई ४२० मिलिग्राम ब्राउन सुगर सहित, वडा प्रहरी कार्यालय भद्रपुरले बा ८७ प ३७६ नम्बरको मोटरसाईकल चालक हल्दिबारी गाउँपालिका-२ बस्ने राजिव कुमार राजवंशी र पछाडि सवार शिव प्रसाद गौतमलाई ५ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित, भारत देश सुपोलका अमर कुमारलाई २ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीले उर्लाबारी नगरपालिका-७ स्थितमा स्थानिय सागर तामाङलाई २०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यसैगरी जिल्ला प्रहरी धनकुटाले धनकुटा नगरपालिका-९ स्थितमा शहिदभूमी गाँउपालिका-७ बस्ने शुसान राईले प्रदेश १-०२-०४७ प ६९८१ नम्बरको मोटरसाईकलमा ल्याउदै गरेको १९ किलो ८५० ग्राम लागु औषध गाँजा सहित पक्राउ गरिएको छ र को २१ प ९५६५ नम्बरको मोटरसाईकलबाट २४ किलो १४० ग्राम गाँजा फेला पारी चालकको खोजतलास भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका-१० स्थितमा चौदण्डीगडी नगरपालिका-२ का प्रकाश दर्जीको साथबाट १ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको छ ।

पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।