कोशी प्रदेश प्रहरी प्रमुखद्वारा इलाका प्रहरी कार्यालय धरान सुनसरीको निरीक्षण तथा अनुगमन
विराटनगर, चैत १९ गते ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले चैत १९ गते इलाका प्रहरी कार्यालय धरान सुनसरीको निरीक्षण तथा अनुगमन गर्नु भएको छ ।
निरीक्षण तथा अनुगमनको क्रममा वहाँले सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।
निर्देशनको क्रममा वहाँले नागरिक र प्रहरी विचको सम्वन्ध सुमधुर बनाई प्रविधि मैत्री प्रभावकारी प्रहरी सेवा प्रदान गर्न, सेवा प्रवाहलाई छिटो, पारदर्शी र नागरिकमैत्री बनाउनको निम्ति अनुशासित र जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिनु भएको छ ।
अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन, सेवा प्रवाह र पारदर्शितामा विशेष ध्यान दिन, कार्यालयमा सेवा लिन आएका सेवाग्रहीहरुको पिर मार्का र समस्यालाई प्राथमिकतामा राखि प्रहरी सेवा प्रदान गर्न, समाजमा अपराधका घटना हुन नदिन तथा भएका अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा इमान्दारी पूर्वक लागि पर्न तथा प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउदै अनुशासन, इमान्दारिता र जिम्मेवारीबोधका साथ प्रहरी कार्य सम्पादन गर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेबे सहितको उपस्थित रहेको थियो ।


