फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ

काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ फेरि प्रतिलिटर १५/१५ रुपैयाँ बढाएको छ । निगम सञ्चालक समितिको बिहीबारको निर्णयअनुसार शुक्रबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी इन्धनको मूल्यमा भारी वृद्धि गरिएको हो ।

नयाँ मूल्यसूची अनुसार अब काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ कायम भएको छ । यसैगरी, दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोल २०१ रुपैयाँ र डिजेल/मट्टितेल १८१ रुपैयाँ पर्नेछ ।

पहिलो वर्गअन्तर्गतका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १९९ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेलको मूल्य १७९ रुपैयाँ ५० पैसा तोकिएको छ ।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ खरिद मूल्य बढेर आएकाले मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमसँग रहेको मूल्य स्थिरीकरण कोषको रकम समेत उपयोग गरेर यो मूल्य तय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

निगमका अनुसार मूल्य बढाउनुअघि पेट्रोलमा ४७.१२ रुपैयाँ र डिजेलमा १३३.४५ रुपैयाँ प्रतिलिटर घाटा थियो, जसका कारण निगमलाई पाक्षिक रूपमा १३ अर्ब २१ करोड रुपैयाँ घाटा हुने अवस्था थियो ।

इन्धनको भाउ लिटरमै १५ रुपैयाँ बढाएपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा, डिजेलमा १२० रुपैयाँ ५४ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा नै रहेको निगमले जनाएको छ । निगमले यसअघि पनि मूल्यवृद्धि गरेको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।