काठमाडौबाट काँकरभिट्टा आउँदै गरेको बस दुर्घटना, ९ जना घाइते(नामावली सहित)

झापा, चैत २० । काठमाडौँबाट काँकरभिट्टातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सिन्धुलीमा बस र हायस एक आपसमा ठोक्किएका हुन् ।

काठमाडौँबाट काँकरभिट्टातर्फ आउँदै गरेको बा. ४ ख ५०५२ नम्बरको हायस र खुर्कोटबाट काठमाडौँतर्फ जाँदै गरेको ०१–००६ख २२९७ नम्बरको बस बिपी राजमार्गअन्तर्गत सुनकोसी–५ साईटारमा एकआपसमा ठक्कर खाएका थिए । दुर्घटना तीनजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा हायस चालक ललितपुर महानगरपालिका–१५ बस्ने वर्ष ३८ का गजबहादुर मगर, बसका चालक दोलखा बैतेश्वर गाउँपालिका–६ बस्ने वर्ष २६ का सुमन सुवेदीसहित नौजना घाइते भएको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक बसन्तबहादुर भुजेलले जानकारी दिए ।

भुजेलका अनुसार हायस चालक मगरको टाउकोमा चोट लागेको छ । त्यस्तै, काभ्रे मन्दनदेउपुर नगरपालिका–९ बस्ने वर्ष ३० की अनिता न्यौपाने, सोही ठाउँका वर्ष ३२ का प्रबिन तिवारी घाइते भएका छन् ।

ठेगाना नखुलेका प्रशान्त केसीको अनुहार र खुट्टामा चोट लागेको छ भने उनको अवस्था गम्भीर रहेको जनाइएको छ । चारैजना घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

झापा शिवसताक्षी नगरपालिका–८ बस्ने वर्ष ९ की संस्कृति यादव, सोही ठाउँका वर्ष ३२ की कल्पना राई, झापा मेचीनगर नगरपालिका–१३ बस्ने वर्ष ३८ का अमेश खड्का, भद्रपुर नगरपालिका–१ बस्ने वर्ष २२ का अमृत रानामगर, कचनकवल गाउँपालिका–७ बस्ने वर्ष ४२ का दीनप्रसाद सिग्देल घाइते भएका छन् ।

उनीहरूको आत्मीय सामुदायिक अस्पताल खाल्टेमा उपचार भइरहेको छ । घाइतेहरूको इलाका प्रहरी कार्यालय खुर्कोट, प्रहरी चौकी रातामाटाको प्रहरी टोली र स्थानीयले उद्धार गरेका हुन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।