ताप्लेजुङमा महिलालाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई १८ वर्ष कैद सजाय
ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतले महिलालाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई १८ वर्ष कैद सजाय सुनाएको छ।
जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै प्रतिवादीलाई कैद सजायसँगै सात लाख रुपैयाँ जरिवाना गर्ने फैसला अदालतले शुक्रबार गरेको हो।जिल्ला अदालतका निमित्त स्रेस्तेदार रमेश तामाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका–३ का सकुन भनिने सन्तकुमार आङ्बुहाङलाई उक्त कैद सजाय र जरिवाना सुनाइएको हो।
आङ्बुहाङविरुद्ध २०८१ माघ २ गते जबरजस्ती करणीको मुद्दा अदालतमा दर्ता भएको थियो।मुलुकी फौजदारी संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएपछि अदालतले प्रतिवादीलाई कैद सजाय सुनाएको हो।
सोही संहिताअनुसार जरिवानाको फैसला समेत गरिएको निमित्त स्रेस्तेदार तामाङले जानकारी दिए।


