नवनिर्वाचित सभामुख अर्यालको शपथ आज

काठमाडौं, चैत २२ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आज पद तथा गोपनीयताको शपथ लिदैछन् ।

सभामुख अर्यालको शपथग्रहण कार्यक्रम राष्ट्रपति भवन शीतल निवासमा हुनेछ । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे २ बजे एक समारोहकाबीच पद तथा गोपनीयताका शपथ खुवाउने कार्यक्रम रहेको छ ।

त्यसअघि अहिले विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गरिदैछ । उक्त बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुने छ ।

यसअघि शुक्रबार भएको सभामुख पदको मनोनयन दर्ताका क्रममा अर्यालको एकल उम्मेदवारीका कारण उनी निर्विरोध निर्वाचित भइसकेका छन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।