शैक्षिक सत्र सुरू हुनुअघि भर्ना नलिन र चर्को शुल्क नअसुल्न मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र सुरू हुनुपूर्व नै विद्यार्थी भर्ना नगर्न र मनपरी शुल्क असुल नगर्न निजी विद्यालयहरूलाई सचेत गराएको छ ।

मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानुन र सर्वोच्च अदालतको आदेशविपरीत विद्यार्थी भर्ना थालिएको भन्दै निर्देशनको अवज्ञा गरे कारबाहीको चेतावनी दिएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरू गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले पनि २ दिनअघि शैक्षि सत्र सुरू हुनुअघि भर्ना नलिन आदेश दिएको थियो ।

केही निजी विद्यालयहरूले शिक्षा नियमावली संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ ले तोकेभन्दा बाहिरका कुनै पनि शीर्षकमा शुल्क नउठाउन मन्त्रालयले भनिएको छ ।

भर्ना शुल्क तुरुन्त फिर्ता गर्न र गैरकानुनी काम हुन नदिन सम्बन्धित सबै स्थानीय तहहरूलाई अनुरोध गरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖