झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगर र नगद सहित दुई जना पक्राउ

झापा । झापाको भद्रपुरबाट ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा भद्रपुर–४ डाँगीबारीका बब्लु मर्डी र बिर्तामोड–१ का २७ वर्षीय अनमोल गजमेर रहेका छन्। मर्डी बिक्रीकर्ता र गजमेर खरिदकर्ताका रूपमा पक्राउ परेका हुन्।

प्रहरीले गोप्य सूचनाका आधारमा मर्डीको घरमा छापा मार्दा कम्पाउण्डभित्र बिक्रीका लागि लुकाएर राखिएको अवस्थामा २१८ ग्राम ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।

यसैगरी, उनीहरूको साथबाट नगद ३ लाख २ सय ५० रुपैयाँ, अमेरिकी डलर ७५, पाकिस्तानी रुपैयाँ ५०, अष्ट्रेलियन ५ डलर, भारतीय रुपैयाँ ५३० र दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। उनीहरूलाई चैत १ गतेदेखि सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियान ‘अपरेशन ब्राउन’ अन्तर्गत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖