बालेन सरकारको ऐतिहासिक निर्णय: पेट्रोल तथा डिजेलमा लाग्दै आएको ५०% कर हटाइयो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा कर छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमध्ये पूर्वाधार र भन्सार महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

भन्सार महसुलबापत पेट्रोलमा २५ रुपैयाँ २३ पैसा र डिजेलमा १२ रुपैयाँ २ पैसा कर लाग्दै आएको छ । त्यस्तै पूर्वाधार करबापत दुवै (पेट्रोल र डिजेल) मा १० रुपैयाँका दरले कर लाग्दै आएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

यो निर्णयसँगै प्रतिलिटर पेट्रोलमा १७ रुपैयाँ ५० पैसा र डिजेलमा ११ रुपैयाँ कर छुट हुनेछ । यसअघिसम्म एक लिटर पेट्रोलमा मात्रै ६६ रुपैयाँ ९८ पैसा कर लाग्दै आएको थियो । यस्तै डिजेलमा प्रतिलिटर ४९ रुपैयाँ २८ पैसा कर लाग्ने गरेको थियो । यसअन्तर्गत अतिरिक्त मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार कर, मूल्य स्थिरीकरण कोष शुल्क, प्रदूषण कर र हरित कर राज्यले उठाउँदै आइरहेको छ ।

त्यस्तै घरेलु उपभोगका लागि प्रयोग हुने एलपी ग्यासको एक सिलिन्डरमा राज्यले ३२४ रुपैयाँ ९५ पैसा कर उठाउँछ । हवाई इन्धनमा पनि प्रतिलिटर ३४ रुपैयाँ ४८ पैसा कर राज्यले उठाउँदै आएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।