सुनसरीमा एसईई परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी फेला परेकी छन्।

मिति २०८२ चैत २४ गते बिहान १०ः१५ बजे सामाजिक विषयको परीक्षा चलिरहेको समयमा जिल्ला शिक्षा तथा समन्वय इकाई सुनसरीको अनुगमन टोलीले अनियमितता फेला पारेको हो।

अनुगमनका क्रममा जामिआ इस्लामिया विद्यालयकी छात्रा सलमा अजहर (सिम्बल नम्बर ०१००९५२६–एक्स) को सट्टामा परीक्षा दिइरहेकी २० वर्षीया नुसरत बानो पक्राउ परेकी छन्।

नुसरत बानोलाई प्रहरी चौकी चिरौली चोकबाट खटिएको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।