एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म

काठमाडौ । विदेश अध्ययन नेपाली युवाका लागि अवसरसँगै चुनौतीको क्षेत्र बन्दै जाँदा त्यसलाई सुरक्षित, व्यवस्थित र परिणाममुखी बनाउने पहल स्वरूप गैरआवासीय नेपाली संघ (एनआरएनए) र शैक्षिक परामर्शदाताहरूको संघ नेपाल (ईक्यान) बीच सहकार्य अघि बढाइएको छ।

आइतबार सम्पन्न परिचयात्मक बैठकमा दुवै संस्थाका नेतृत्व तहले विद्यार्थी कल्याणलाई केन्द्रमा राख्दै दीर्घकालीन सहकार्यका आधार तयार गरिएको छ । बैठकमा एनआरएनएका अध्यक्ष डा. हेमराज शर्मा र ईक्यानका अध्यक्ष लक्ष्मण पौडेल (एन्ड्र्यू) सहित पदाधिकारीहरूको सहभागिता थियो।

छलफलमा विदेश जाने विद्यार्थीका लागि प्रस्थानपूर्व अभिमुखीकरण (पीडीओ) लाई थप प्रभावकारी बनाउने, सुरक्षित र सहयोगमुखी वातावरण सुनिश्चित गर्ने तथा परामर्श सेवाको गुणस्तर सुधार गर्ने विषयमा जोड दिइयो। दुवै पक्षले संयुक्त रूपमा ‘नेपाली क्यारियर पोर्टल’ विकास गरी अध्ययनपछिका रोजगारी र क्यारियर अवसरबारे एकीकृत सूचना प्रणाली तयार गर्ने विषयमा छलफल भयो ।

यस्तै, परामर्शदाताहरूको क्षमता अभिवृद्धिका लागि लक्षित तालिम सञ्चालन गर्ने, पाइलट परियोजनामार्फत विद्यार्थी सहयोग प्रणाली परीक्षण गर्ने र विभिन्न देश तथा क्षेत्रअनुसार सीप म्यापिङ गर्ने विषयमा पनि सहमति जुटेको छ। मानसिक स्वास्थ्य र मनोसामाजिक सचेतनालाई समेत प्राथमिकतामा राख्दै विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।

बैठकले स्वास्थ्य बीमा, छात्रवृत्ति सम्बन्धी सूचना प्रवाह र विद्यार्थी कर व्यवस्थापनका विषयमा नीतिगत सुधारका लागि सम्बन्धित निकायसँग संयुक्त वकालत गर्ने सहमति गरेको छ। साथै, छिट्टै औपचारिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्ने तयारी अघि बढाइएको छ।
विदेश अध्ययन ‘सामान्य प्रक्रिया’ मा परिणत भइसकेको सन्दर्भमा यस क्षेत्रलाई थप व्यवस्थित र विश्वसनीय बनाउन संस्थागत सहकार्य अपरिहार्य भएको निष्कर्ष बैठकले निकालेको छ।

यसैबीच, (ईक्यानले एनआरएनएका अध्यक्ष डा. शर्मा ९ अप्रिलदेखि ईक्यानको मानार्थ सल्लाहकारका रूपमा राख्ने प्रतिब्धता जनाएको छ। ईक्यानले शैक्षिक परामर्श क्षेत्रमा अनैतिक अभ्यासविरुद्ध ‘शून्य सहनशीलता’ नीति अवलम्बन गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ l नियमित भर्चुअल अभिमुखीकरण, एयरपोर्ट सहयोग र प्रशासनिक सहजीकरणमा सहकार्य गर्ने सहमति बैठकबाट जुटेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖