भोजपुरमा कुटपिटबाट २४ वर्षीय युवकको मृत्यु

भोजपुर। भोजपुरको षडानन्द नगरपालिका–१३ रेवामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार षडानन्द नगरपालिका–१३ मुखियाटोल घर भई विगत १२–१३ वर्षदेखि आफ्ना सानाबुवा शंकराज तामाङको घरमा बस्दै आएका २४ वर्षीय सम्मरबहादुर तामाङलाई हिजो (मङ्गलवार) बेलुका ९ बजे कुटपिट गरिएको हो। उनलाई षडानन्द नगरपालिका–१४ बेखम्चा बस्ने २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीले घरमै पुगेर कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका उनीहरूको खोजतलासका क्रममा आज (बुधवार) बिहान ४ः३० बजे चारै जनालाई घरबाट फेला पारी नियन्त्रणमा लिइएको र प्रहरी चौकी बोयामा ल्याइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक नवराज खड्काको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖