मोरङ र पाँचथरमा दुर्घटना : तीन जना सुरक्षाकर्मी घाइते

विराटनगर । मोरङ र पाँचथरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जना सुरक्षाकर्मी घाइते भएका छन् ।

मोरङको रतुवामाई नगरपालिका–१ सोनापुरस्थित भित्री पक्की सडक खण्डमा मंगलबार साँझ करिब ६ः३० बजे आमबारी चोकबाट सोनापुरतर्फ जाँदै गरेको सीटी सफारीले दाहिने मोड्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका एक जना जवान घाइते भएका हुन् ।

ठक्करबाट उदयपुर चौदण्डीगढी नगरपालिका–३ घर र इलाका प्रहरी कार्यालय नेमुवामा दरबन्दी भई प्रहरी चौकी सोनापुरमा कार्यरत २४ वर्षीय प्रहरी जवान कुशल आचार्यको अनुहार र बाँया खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । एसईईको उत्तरपुस्तिका बोकेर आउँदै गर्दा प्रज आचार्य घाइते भएका हुन् ।

सीटी चालक ६० वर्षीय सिताराम हरिजन भने सकुशल रहेका छन् । घाइते आचार्यको नगर अस्पताल झुर्कियामा उपचार भइरहेको छ । सीटी चालकको असावधानीले दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, पाँचथरको फिदिम नगरपालिका–१ आहालगैरीस्थित मेची राजमार्गमा मंगलबार राति करिब ९ः५५ बजे मोटरसाइकल र पिकअप ठोक्किँदा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन् । फिदिमतर्फ जाँदै गरेको मोटरसाइकललाई पछाडिबाट आएको पिकअपले ठक्कर दिँदा मोटरसाइकल चालक २६ वर्षीया धनमाया जबेगू र पछाडि सवार २७ वर्षीय नवीन गुरुङ घाइते भएका हुन् ।

सशस्त्र प्रहरीका जवान रहेका दुवै जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार गराइएको छ । सामान्य अवस्थाका उनीहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् ।दुर्घटनापछि पिकअप चालक सुरज राई फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण पिकअपको तीव्र गति रहेको बताइएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।