मोरङबाट लागूऔषध ब्राउन सुगर र चरेस सहित एक जना पक्राउ

उर्लाबारी । जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय विराटनगर, मोरङका अनुसार उर्लाबारी नगरपालिका–२ स्थित एक घरमा लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो। छापा क्रममा सोही स्थानमा बस्दै आएका करिब २० वर्षीय विनोद मगरलाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले खानतलासी गर्दा कोठाभित्र लुकाइ राखिएको अवस्थामा ब्राउन सुगर ५७० मिलिग्राम र चरेस १.३० मिलिग्राम फेला पारी बरामद गरेको जनाएको छ।

बरामद लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय उर्लाबारीमार्फत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।

प्रहरीले लागूऔषध कारोबार नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई अझ कडाइका साथ अघि बढाइने जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।