ताप्लेजुङको फुङलिङमा भर्याङबाट लडेर एक जनाको मृत्यु
ताप्लेजुङ । जिल्ला ताप्लेजुङ फुङलिङ नगरपालिका–४ तिनबरेका ४७ वर्षीय मदन गुरुङको भर्याङबाट लडेर मृत्यु भएको छ।
चैत २५ गते दिउँसो करिब ३:३० बजे आफ्नै घरमा भर्याङ चढ्ने क्रममा चिप्लिएर लडेका गुरुङ गम्भीर घाइते भएका थिए। टाउकोमा गहिरो चोट लागेका उनलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो।
अस्पताल पुर्याउँदा उनी बोल्न नसक्ने अवस्थामा रहेका थिए। उपचारकै क्रममा सोही दिन राति करिब ८:०० बजे उनको मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ।
घटनासम्बन्धी आवश्यक कानूनी प्रक्रिया पूरा भइसकेको छ भने मृतकको पोष्टमार्टम गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।-रेडियो ताप्लेजुङ


