नागरिक अधिकार रक्षाका निम्ति एकजुट हुनुपर्नेमा नागरिक समाजको जोड

विराटनगर । संविधान संशोधन प्रक्रियासँगै नागरिकका आधारभूत अधिकार खुम्चिने जोखिम बढ्न सक्ने भन्दै नागरिक समाजका अगुवाले सजग रहन आह्वान गरेका छन् ।

लोकतान्त्रिक गैरसरकारी संस्था महासंघले आयोजना गरेको ‘सामाजिक न्यायका लागि गैरसरकारी संस्थाको भूमिका, जवाफदेहिता र पारदर्शिता’ विषयक कार्यक्रममा सहभागीहरूले संशोधनको नाममा मौलिक हकमा हस्तक्षेप हुन सक्ने आशंका व्यक्त गरेका हुन्।

उनीहरूले स्वतन्त्रता, समानता, न्याय, महिला तथा दलित अधिकार, बालबालिकाको हक, सामाजिक न्याय र सामाजिक सुरक्षाजस्ता संवैधानिक अधिकार कमजोर पार्ने कुनै पनि प्रयासप्रति खबरदारी आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम साहको संयोजकत्वमा गठन भएको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ ले काम अघि बढाइसकेको सन्दर्भमा नागरिक तहमा चासो र बहस बढेको छ ।

कार्यक्रममा महिला अधिकारकर्मी कृष्णकुमारी वाइबाले संशोधनलाई अधिकार कटौतीभन्दा अधिकार सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्नुपर्ने बताइन् । अधिवक्ता कृष्ण न्यौपानेले संविधानको प्रभावकारी कार्यान्वयनमै जोड दिए ।

अधिकारकर्मी नारायण गिरीले संविधानको धारा १७ मा सुनिश्चित ‘संघ र संस्था खोल्ने स्वतन्त्रता’लाई यथावत् राख्न माग गरे। चाइल्ड एनजिओ फेडेरेसनका अध्यक्ष विजय लामाले धारा ३९ अन्तर्गत बालबालिकाको हक व्यवहारमै कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे ।

महासंघका अध्यक्ष डिल्लीराम गिरीले संविधानले प्रत्याभूत गरेका अधिकारको रक्षा गर्न नागरिक समाज, अधिकारकर्मी र सरोकारवालाबीच एकता र दबाब आवश्यक रहेको बताए ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।