नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ । नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५ गते र पढाइ २१ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले बिहीबार एक पत्र जारी गर्दै उक्त निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको हो ।

मन्त्रिपरिषद्को चैत २२ गतेको निर्णयअनुसार शैक्षिक सत्र परिवर्तनसँगै शैक्षिक कार्यक्रमहरू पनि पुनःसंरचना गर्नुपर्ने भएको छ। साथै अबदेखि सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा हुने व्यवस्था लागू गरिएको छ ।

केन्द्रले वैशाख २ गतेदेखि विद्यालयहरूलाई विभिन्न तयारीका काम अघि बढाउन आग्रह गरेको छ। जसअनुसार विद्यालयहरूले नयाँ शैक्षिक सत्रको कार्ययोजना निर्माण, वार्षिक कार्यतालिका तथा शैक्षणिक योजना तयार पार्ने, विद्यालय सुधार योजना अद्यावधिक गर्ने, शिक्षकको पेशागत क्षमता विकाससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थीको सिकाइ उपलब्धि सुधारका योजना बनाउने कार्य गर्नुपर्नेछ।

त्यसैगरी, नयाँ शैक्षिक सत्रको भर्ना अभियान वैशाख १५ गतेबाट सुरु हुने र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सञ्चालन गरिने केन्द्रले जनाएको छ। केन्द्रले सबै सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहजीकरण गर्दै निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुरोध गरेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।