जन्मदिनकै दिन अस्ताए खतिवडा: दिनभर शुभकामनाले भरिएका उनका पोस्ट साँझ शोकमा
दमौली । तनहुँको शुक्लागण्डकी–२ गाछेपानीस्थित पृथ्वी राजमार्गमा भएको द’र्दनाक सवारी दु’र्घटनाले दुई परिवारलाई सधैंका लागि रुवाएको छ।
स्कुटर चालक, मुक्तिनाथ च्यवनधामका पुजारी गणेश खतिवडा र पछाडि सवार कृष्ण भुजेलको ज्यान गएको छ।
अझ पी’डादायी कुरा के छ भने,दुर्घटनाकै दिन गणेश खतिवडाको जन्मदिन थियो। बिहानसम्म सामाजिक सञ्जालमा शुभकामनाले भरिएका उनका पोस्टहरू साँझ पर्दासम्म शो’कमा बदलिएका छन्।
पोखराबाट बेलचौतारातर्फ जाँदै गरेको पिकअप भेनले डिभाइडर क्रस गरी विपरीत दिशाबाट आएको स्कुटरलाई ठ’क्कर दिँदा यो दु’र्घटना भएको हो।
उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले दुबैलाई मृ’त घोषणा गरेका छन्।


