एउटै क्षेत्रबाट आउने कर्मचारीको समूह बनाएर आलोपालो सवारीसाधन प्रयोग गरौँ : कार्यवाहक प्रमुख डंगोल

काठमाडौ । इन्धन अभावलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले कर्मचारी र पदाधिकारीलाई उपलब्ध गराइएका सवारी साधनमा ‘कार पुलिङ’ प्रणाली लागू गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार इन्धन खपत घटाउन र सम्भावित संकट टार्न यस्तो व्यवस्था गरिएको हो।

उनका अनुसार विश्वव्यापी इन्धन अभावका कारण पहिलेकै ढाँचामा सवारी सञ्चालन गर्दा अत्यावश्यक सेवामा समेत असर पर्न सक्ने भएकाले इन्धन बचत अपरिहार्य भएको छ। “इन्धनको सम्भावित समस्या न्यूनीकरण गर्न ‘कार पुलिङ’ लागू गरेका हौँ,” उनले भनिन्।

महानगरको ४८औँ कार्यपालिका बैठकले इन्धन कोटा कटौती गर्ने निर्णय गरिसकेको छ। सोही निर्णयअनुसार अब एउटै क्षेत्रमा बसोबास गर्ने कर्मचारी र पदाधिकारीलाई समूह बनाएर आलोपालो सवारी सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

यस प्रणालीअन्तर्गत समूहका सदस्यले पालैपालो आफ्ना सवारी साधन प्रयोग गरी नजिकका सहकर्मीलाई समेत ल्याउने–लाने गर्नेछन्। महानगरका अनुसार यसले सवारी संख्या घटाउने र इन्धन खपत नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।