इटहरीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक घाइते
इटहरी । इटहरी उपमहानगरपालिका नजिकै रहेको राजस्व ढाटदेखि उत्तरतर्फ जाने बाटोमा जेबीएस फ्याक्ट्री आसपास एक टिप्पर र मोटरसाइकल बीच दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्।
घटनापछि घाइते चालकलाई तत्काल नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ।
प्र–०१–०२–००१–क४२७७ नम्बरको टिप्परले मोटरसाइकललाई ठक्कर दिएको बताइएको छ।
दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


