ग्यास सिलिन्डर लिक भएर आगलागी, ३ जना घाइते

जाजरकोट । जाजरकोट जिल्लाको नलगाड नगरपालिका–२ छेप्का स्थित एक घरमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भएको छ।

मिति २०८२ साल चैत २९ गते बिहान करिब १०:०० बजे थालु प्रसाद जैशीको घरको भान्सा कोठामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर लिक भई आगलागी भएको हो।

आगलागीबाट घरमा रहेका ३ जना घाइते भएका छन्। घाइते हुनेमा थालु प्रसाद जैशीकी ४२ वर्षीया श्रीमती माया जैशी (गम्भीर), २२ वर्षीय छोरा गणेश गौतम (मध्यम) र ३७ वर्षीया साली रुपा जैशी (गम्भीर) रहेका छन्।

घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जनाइएको छ। आगलागीपछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖