आक्रमणमा परेर २७ वर्षीय प्रहरी जवानले गुमाए ज्यान
पर्सा । वीरगन्ज महानगरपालिका–९ मा आइतबार अपराह्न भएको एक द’र्दनाक घटनामा प्रहरी जवान विकास चौरसियाको ह’त्या भएको छ।
कालिकामाई गाउँपालिका–१ मुड्ली निवासी २७ वर्षीय चौरसिया सप्तरी दरबन्दी भई बिदामा घर आएका थिए। सोही क्रममा केही युवकको समूहले अचा’नक उनीमाथि आक्र’मण गरी नि’र्मम कु’टपिट गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदीपराज पाठकका अनुसार आक्रम’णकारीहरूले भारी वस्तु प्रयोग गरी कु’टपिट गरेका थिए। ग’म्भीर घाइ’ते अवस्थामा उनलाई तत्काल अस्पताल लगिएको थियो, तर चिकित्सकले मृ’त घोषणा गरेका थिए।
घ’टनापछि प्रहरी टोली तुरुन्तै घ’टनास्थल पुगेर संलग्न ३ पुरुष र एक महिलालाई नि’यन्त्रणमा लिएको छ। उनीहरूमाथि थप अनुसन्धान जारी रहेको छ। रौतहट घर भएका एक परिवारले डेरा लिएर बसेको कोठामा सामान्य वि’वादबाट सुरु भएको झ’गडा उग्र बन्दै जाँदा कु’टपिटबाट चौरसियाको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले एक महिलासँगको प्रेम सम्बन्धका कारण उत्पन्न विवाद नै घ’टनाको मुख्य कारण हुन सक्ने देखिएको छ।


