झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ

विरानटगर, चैत ३० गते । झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत २९ गते बिशेष सूचनाको आधारमा झापाको इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरीगंज गाउँपालिका-३ का रोशन डोम र गौरादह-८ का पुजन चौधरीलाई ४ सय ७० मिलिग्राम ब्राउन सुगर र ६ ग्राम ७८० मिलिग्राम गाँजा सहित र इलाका प्रहरी कार्यालय गौरादहले गौरादह नगरपालिका-१ का सुरेन्द्र टुडु, सन्तोष ताजपुरिया र अर्पित थापालाई ३४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

त्यसै गरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा नगरपालिका-४ स्थितबाट मोरङ केराबारी- ५ का खगेन्द्र मगरलाई ६ ग्राम ६५ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।