वर्षमा केवल एकदिन बैशाख १ गते मात्र फुल्ने अद्भुत फूल
सिरहा । सिरहा जिल्लास्थित सलहेश फूलबारी मा हरेक वर्ष नयाँ वर्षको दिन बैशाख १ गते मात्र सुनाखरी फूल फुल्ने अनौठो परम्परा रहेको छ।
यस विशेष दिनमा त्यहाँ राजा सलहेस को दर्शन गर्न तथा फूल फुलेको दृश्य अवलोकन गर्न नेपाल र भारतबाट लाखौं श्रद्धालु तथा दर्शनार्थीहरू आउने गर्छन्।
यो धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको स्थल हरेक वर्ष नयाँ वर्षसँगै आस्था, विश्वास र चमत्कारको प्रतीकका रूपमा जीवित रहँदै आएको छ।


