धनकुटामा सहित नयाँ वर्षको दिन कोशीमा ३५ वटा दुर्घटना : सशस्त्रका सहायक हवल्दारको मृत्यु, ६८ जना घाइते

विराटनगर । २०८३ सालको नयाँ वर्षको दिन वैशाख १ गते अर्थात् मंगलबार कोशी प्रदेशमा ३५ वटा सवारी दुर्घटना भएका छन् । सवारी दुर्घटनामा परेर सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । विभिन्न दुर्घटनामा ६८ जना घाइते भएका छन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । ६४ जनाको सामान्य रहेको र विभिन्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । प्रहरीका अनुसार झापा, इलाम, पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर, धनकुटामा दुर्घटना भएका हुन् ।

झापामा भएको दुर्घटनामा भनेर सशस्त्रका सहायक हवल्दारको मृत्यु भएको छ । अर्का सहायक हवल्दार घाइते भएका छन् । मदन भण्डारी राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका–२ दुर्गा मन्दिरमा मंगलबार साँझ ५ः३० बजेतिर मोटरसाइकल दुर्घटनामा परेको थियो ।

कोशी प्रदेशका ट्राफिक प्रहरी प्रवक्ता डीएसपी सन्तोष श्रेष्ठका अनुसार मे ७ प ९६५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा पछाडि सवार सशस्त्र प्रहरीका सहायक हवल्दार ३५ वर्षीय सचिन तामाङको मृत्यु भएको छ । उनका अनुसार पाँचथरको फिदिम नगरपालिका–१२ घर भई सशस्त्र प्रहरी बलको बीओपी (बोर्डर आउट पोस्ट) बाहुनडाँगीमा कार्यरत तामाङ दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा बिर्तामोडको बी एन्ड सी अस्पतालमा साँझ ६ः४५ बजेतिर मृत्यु भएको जानकारी श्रेष्ठले दिए । दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका–१ घर भई बीओपी बाहुनडाँगीमै कार्यरत सशस्त्रकै सहायक हवल्दार ४० वर्षीय डिल्लीराम सुवदी घाइते भएका छन् ।

हातमा सामान्य चोट लागेका उनको बी एन्ड सीमै उपचार भइरहेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कोशी प्रदेशका अन्य स्थानमा मंगलबार बिहान ७ बजेदेखि राति ९ः२० बजेसम्ममा भएको दुर्घटनामा परेर ६८ जना घाइते भएका छन् ।-स्रोत:बेतना दैनिक

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।