इटहरीबाट ३ हजार १ सय ७० चक्की प्रतिबन्धित औषधी सहित भोजपुरका एक जना पक्राउ
सुनसरी, वैशाख २ गते । सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थितबाट ३ हजार १ सय ७० चक्की प्रतिबन्धित औषधी सहित १ जना पक्राउ परेका छन ।
वैशाख १ गते इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका-७ का युजिन श्रेष्ठको साथबाट ३ हजार १ सय ७० चक्की प्रतिबन्धित औषधी बरामद भए सगै पक्राउ गरिएको हो ।
प्रतिबन्धित औषधी सहित पक्राउ परेका श्रेष्ठको थप अनुसन्धान भईरहेको छ ।


