उदयपुरमा भरुवा बन्दुकले प्रहार गर्दा दुई जना घाइते
उदयपुर । उदयपुरगढी गाउँपालिका-६ चिपचपे बस्ने ३५ वर्षीय गुन्सुरे राईलाई भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
गुन्सुरेले भरूवा बन्दुक प्रहार गर्दा छिमेकी २० वर्षीय अरूण राई र अरूणकै श्रीमती घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो ।
घाइते अरूणको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ ।


