इलामकी मेरी ब्राउनसुगर सहित पक्राउ
झापा । इलामकी मेरी राई ६८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेकी छिन् ।
झापाको कन्काई नगरपालिका ३ स्थितमा चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय सुरुङगाले झापाका प्रदिप तामाङ र बिक्रम ढकाल सहित मेरीलाई पक्राउ गरेको हो ।
माइजोगामाई गाउँपालिका ५ स्थायी ठेगाना रहेकी मेरीमाथि थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । घटना चैत्र २६ गतेको हो ।


