झापामा नवजात शिशुको हत्या आशंकामा बालिका पक्राउ

झापा । झापाको शिवसताक्षीमा नवजात शिशुको हत्या आरोपमा एकजना बालिकालाई नियन्त्रणमा लिइएको छ । नवजात शिशुको शव पुलमुनि फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा स्थानीय एकजना १६ वर्षीया बालिका रहेकी छन् । घटनाका बारेमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।सो नवजात शिशु उनले जन्माएर फालेको आशंका गरिएको छ ।

ती नवजात शिशु मृत नै जन्मिएको वा जन्मिएपछि हत्या गरेर फालेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बैशाख २ गते राति ११ः५० बजे शिवसताक्षी–३ भोटे पुलमुनि नवजात शिशुको (छोरा) शव फेला परेको थियो । सो शव पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।