विराटनगरबाट १ सय ग्राम १८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
विराटनगर, वैशाख ०४ गते । मोरङको विराटनगर महानगरपालिका-११ स्थितबाट १०० ग्राम १८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख ३ गते विशेष सुचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका भारत अररिया सिक्टीका ४४ वर्षिय मोहम्मद सरिफ र मोरङको जहदा गाँउपालिका-७ कि ४९ वर्षिया लालमन मुखियालाई १०० ग्राम १८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
पक्राउ परेको दुबै जनाको थप अनुसन्धान भई रहेको छ ।


