ताप्लेजुङमा ६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा २९ वर्षीय युवक पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा ६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार शारीरिक रुपमा समेत अशक्त रहेकी वृद्धालाई जबरजस्ती करणी गर्ने व्यक्त पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक आशिस पोखरेलका अनुसार वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा साङ्केतिक वतन ०१–९ का २९ वर्षीय विनोद सार्की पक्राउ परेका छन् ।

विभिन्न डरत्रास र धम्की देखाई गएको सोमबार राति वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा सार्कीलाई इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार तेल्लोकबाट खटेको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा सार्कीलाई मङ्गलबार पक्राउ गरेको हो । यता पक्राउ परेका सार्कीलाई घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖