गृहमन्त्री गुरुङ र नेपालका लागि कोरियाका राजदूत योङबीच शिष्‍टाचार भेटघाट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताय योङबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। 

भेटघाटमा राजदूतले योङले गृहमन्त्री गुरुङलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका थिए। सो अवसरमा नेपाल–कोरियाबीचको दीर्घकालीन मैत्रीपूर्ण तथा ऐतिहासिक सम्बन्ध, कोरिया सरकारले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्‍याउँदै आएको निरन्तर सहयोग तथा आगामी दिनमा दुईपक्षीय सहकार्यलाई अझ सुदृढ र विस्तार गर्ने विषयमा छलफल भएको थियो।

शिष्टाचार भेटघाटका क्रममा गृहमन्त्रीले कोरियामा शिक्षा तथा रोजगारीका लागि जाने नेपालीको स्वास्थ्य, सुरक्षा र नेपाल फिर्तीका सम्बन्धमा कोरिया सरकारको सकारात्मक नीतिको प्रशंसा गर्दै आगामी दिनमा थप सहकार्यका लागि अनुरोध गरे।

राजदूत योङले नेपालीहरू अनुशासित एवं मेहनती रहेको र कोरियाली समाजमा सहज रूपमा समाहित भई आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याइरहेको उल्लेख गरेका थिए।

भेटघाटका क्रममा गृहमन्त्री गुरुङले कोरिया सरकारको सहयोगमा साइबर व्यूरोलाई भौतिक पूर्वाधार र साधनस्रोत सम्पन्न बनाउने कार्य अन्तिम चरणमा रहेकोमा कोरिया सरकारलाई धन्यवाद ज्ञापन गरे। साथै, उनले भीड नियन्त्रण तथा आम नागरिकको सुरक्षाका लागि नेपाल प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक पर्ने सुरक्षा सामग्री एवम् उपकरणको व्यवस्था गर्न दुई देशका सरकारबीच सहकार्यका लागि प्रस्ताव गरे।

शिष्टाचार भेटमा गृहमन्त्री गुरुङले नेपालमा कोरियाली लगानीमा सञ्चालित व्यवसाय तथा लगानीकर्ताको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी दिए। उनले बौद्ध संस्कृतिको प्रवर्द्धन तथा लुम्बिनी क्षेत्रको अन्तर्राष्ट्रियस्तरमा प्रचार गर्न दुई मुलुकबीच साझेदारी आवश्यक रहेको विषयमा जोड दिए।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।