स्रोत नखुलेको ५ लाख ७७ हजार सहित २ जना पक्राउ

सन्जय मिश्रा/रौतहट, ५ बैशाख । रौतहटमा स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल, बीओपी बेलबिछवाबाट खटिएको सीमा गस्ती टोलीले राजदेवी नगरपालिका–८, सोफियामाई क्षेत्रबाट भारतबाट नेपालतर्फ आउँदै गरेको विआर ०६ एक ६२९२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा नेपाली ५ लाख २२ हजार ४९० रुपैयाँ बरामद गरेको हो।

पक्राउ पर्नेमा भारत, बिहार सितामढीका ४५ वर्षीय नजिर नट र सर्लाहीका ५५ वर्षीय मुम्ताज अन्सारी रहेका छन्। नटको साथबाट ३ लाख २२ हजार र अन्सारीको साथबाट २ लाख ४ हजार ४९० रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गौरका गुल्मपति डीएसपी प्रेम सागर बिष्टले जानकारी दिएका छन ।

बरामद रकमको स्रोत खुलाउन नसकेपछि दुवैजनालाई मोटरसाइकल र नगदसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको उनले बताईएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।