गएरातिको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुल्यो
सोलुखुम्बु । बीपी राजमार्ग एकतर्फी खुलेको प्रहरीले जनाएको छ ।
गएरातिको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको राजमार्ग आज बिहान एकतर्फी खुलाइएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल साहका अनुसार ‘डाइभर्सन बगाएको स्थानमा मर्मत गरी हाललाई एकतर्फी मात्र बाटो सुचारु गरिएको छ ।’
पूर्णरूपमा बाटो सञ्चालन गर्नका लागि अझै केही समय लाग्ने प्रहरीको भनाइ छ । प्रहरीले लेन अनुशासन कायम सावधानीपूर्वक यात्रा गर्न अनुरोधसमेत गरेको छ ।
साथै बाटोको अवस्थाबारे कुनै जानकारी लिनुपरेमा १०० वा १०३ नम्बरमा सम्पर्क गर्न पनि प्रहरीले भनेको छ ।


