झापा, मोरङ र सुनसरीबाट लागूऔषध सहित ८ जना पक्राउ

विराटनगर,बैशाख ७ । झापा, मोरङ र सुनसरीबाट लागूऔषध सहित ८ जनालाई पक्राउ गरिएको छ ।

हिजो दिउँसो २ बजे झापाको झापा गाँउपालिका वडा नं. ४ सुकुम्बासी टोल स्थितबाट प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ बस्ने ३७ बर्षीय अजय कुमार लिम्बु, ६२ बर्षीया खदी देवी मुखिया र ३३ बर्षीया सपना कपालीलाई ब्राउन सुगर १२ ग्राम २५ मिलिग्राम सहित पक्राउ गरेको छ ।

यसै गरी हिजो बेलुका पौने ५ बजे मोरङ पथरीशनिश्चरे नगरपालिका ७ घरभएका २४ बर्षीय रुपन राई र पथरीशनिश्चरे नगरपालिका ६ का २१ बर्षीय शिशिर बस्नेतलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले Tramadol Hydrochloride Capsuled IP (Tramol-50) ७८ क्याप्सुल र Dicyclomine HCL Tablets IP 20 mg ८१ चक्की सहित पक्राउ गरेको छ ।

यसै गरी हिजो दिनको साँढे ३ बजे सुनसरीको कोशी गाउँपालिका २ सरदार टोल स्थितबाट ७० बर्षीय लक्ष्मी सरदार, ४२ बर्षीया देवकी सरदार र भारतिय नागरिक २६ बर्षीय सहवाज आलमलाई गाँजा ७५ किलो ३३० ग्राम सहित इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

लागूऔषध सहित पक्राउ परेका सबै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।