प्रधानमन्त्री र विश्वविद्यालयका उपकुलपति बिच सामुहिक छलफल हुदैँ
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग सामुहिक छलफल हुदैँछ ।
आज अपरान्ह १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा सो छलफल हुन लागेको प्रधानमन्त्रीका प्रेस बिज्ञ दीपा दाहालले जानकारी दिएकी छिन् ।
प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र ७ वटा प्रतिष्ठानका उपकुलपतिलाई प्रधानमन्त्रीमा निर्वाचित भए पछि पहिलो पटक छलफलमा बोलाइएको हो।
बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायबारे विमर्श हुने जनाइएको छ।


