यि हुन् उदयपुरमा आगलागीमा परि निधन भएका हजुरबुबा र नाति
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-७ बेल्टारमा गएराति आगलागी हुँदा जलेर दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ७० वर्षीय हजुरबुबा लक्ष्मी नारायण खड्का र ३० वर्षीय नाति पवन खड्का रहेका छन् ।
शान्तिचोकका लक्ष्मीनारायणको घरबाट विद्युत सर्ट भएर आगो लाग्दा तीन वटा घर जलेर नष्ट भएका छन् ।


