सुनसरीको धरानबाट १७ हजार १ सय ५० चक्की प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
धरान, वैशाख ८ गते । सुनसरीको धरान उप-महानगपालिका-१६ स्थितबाट १७ हजार १ सय ५० चक्की प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ ।
वैशाख ७ गते विशेष सुचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (PIT) बाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१६ का राहुल आचार्य र रोहित रिजाललाई ट्रामाडोल ३ हजार १०० क्याप्सुल र स्पास्पेन १४ हजार ५० ट्याब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैजनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।


