मोरङको रतुवामाईबाट ४४७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर सहित १ जना पक्राउ
विराटनगर, वैशाख ८ । मोरङको रतुवामाई नगरपालिका-१ स्थितबाट ४ सय ४७ ग्राम ८ सय ९० मिलिग्राम ब्राउन सुगर सहित १ जनालाई पक्राउ गरिएको छ ।
वैशाख ७ गते विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको BR 38 AD5390 नम्वरको मोटरसाईकललाई संका लागी चेकजाँच गर्दा चालक रतुवामाई-१ का मो. आविदले बोकेको झोलाबाट ४ सय ४७ ग्राम ८ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।
ब्राउनसुगर सहित पक्राउ परेका आविदको थप अनुसन्धान भईरहेको छ ।


