जिल्ला अदालत सुनसरी परिसरबाटै थुनुवा फरार भएपछि…

सुनसरी । चोरी मुद्दाका एक जना थुनुवा सुनसरी जिल्ला अदालत परिसरबाट मंगलबार दिउँसो फरार भएका छन् ।

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित चन्दिका तामाङको घरमा कोठा भाडा लिएर बस्दै आएका १९ वर्षीय सुरज खड्का फरार भएका हुन् । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले सुरजलाई चोरी घटनामा चैत १६ गते पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका असई (प्रहरी सहायक निरीक्षक) राजकुमार माझी नेतृत्वको टोलीले सुरजसहित ५ जना थुनुवालाई जिल्ला अदालत सुनसरी लगेको थियो । सुरज दिउँसो ४ः१० बजेतिर भागेको र अरु थुनुवा प्रहरी नियन्त्रणमै रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । खड्कालाई मंगलबार जिल्ला अदालत सुनसरीले १ लाख धरौटी माग गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुरजको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट इन्स्पेक्टर निराजन कार्की र इलाका प्रहरी कार्यालय इटहरीबाट डीएसपी सुवास हमालको नेतृत्वमा भिन्दाभिन्दै टोली परिचालन गरिएको छ । अन्य मातहतका प्रहरी कार्यालय र सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।