प्रहरी प्रतिष्ठानको जग्गा अब राष्ट्रपति कार्यालयले नपाउने
काठमाडौं । महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज भएको छ ।
आज अपरान्ह बसेको मन्त्रीपरिषद वैठकले प्रहरी प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाइ दिने निर्णय खारेज गरेको हो ।
महाराजगञ्जमा प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने यसअघि निर्णय भएको थियो । ्र


