यातायात कार्यालय गौर बाट एक जना बिचौलिया पक्राउ

रौतहट,१० बैशाख । रौतहटको गौरस्थित यातायात व्यवस्था कार्यालय परिसरभित्र सेवाग्राहीलाई झन्झट दिँदै विभिन्न प्रलोभनमा पारेर काम गरिदिने बहानामा रकम असुल्ने प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

बुधबार दिउँसो साढे १ बजेको समयमा गौर नगरपालिका–३ स्थित यातायात व्यवस्था कार्यालय रौतहटको कम्पाउण्डभित्र सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटमा पुग्ने, छिटो काम गरिदिने भन्दै अनावश्यक हैरानी दिने तथा सवारी चालक अनुमतिपत्र बनाइदिने बहानामा प्रलोभन देखाउँदै वार्तालाप गरिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्नेमा गौर नगरपालिका–५ दोस्तिया टोल बस्ने अन्दाजी ४० वर्षीय लक्ष्मी कुमार केशरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालका अनुसार सेवाग्राहीलाई ठगी गर्ने आशंकामा उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

 

प्रहरीले यस्ता गतिविधिबाट सचेत रहन सेवाग्राहीलाई आग्रह गर्दै कुनै पनि शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।