आतिथ्य व्यवस्थापन तालिमको उद्‍घाटन

विराटनगर, वैशाख १० गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले Hospitality management (आतिथ्य व्यवस्थापन) सम्बन्धी विशेष तालिम संचालन गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजना तथा रत्ना होटल विराटनगरको समन्वय र सहकार्यमा वैशाख १० गतेबाट रत्ना होटलमा संचालन भएको उक्त तालिमको कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे तथा रत्ना होटल विराटनगरकी प्रवन्ध निर्देशक जिना थापाले संयुक्त रूपमा उद्‍घाटन गर्नु भएको थियो ।

उद्‍घाटन समारोहलाई सम्बोधनको क्रममा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले तालिमले प्रहरी कर्मचारीहरूको व्यवहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै सेवा प्रवाहको गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै यस्ता तालिमहरूले प्रहरी कर्मचारीहरूलाई सेवाग्राही मैत्री, अनुशासित तथा पेशागत रूपमा अझ सक्षम र दक्ष बनाउने विश्वास व्यक्त गर्नुभयो । साथै प्रहरी कर्मचारीहरूको व्यवसायिक दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न आवश्यक समन्वय र सहकार्य प्रदान गरेकोमा होटल रत्नालाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रवन्ध निर्देशक जिना थापाले होटल तथा पर्यटन क्षेत्रको व्यावहारिक अनुभव प्रहरीसँग साझेदारी गर्न पाउँदा खुशी लागेको बताउँदै आतिथ्य व्यवस्थापन सम्बन्धी सीपले सेवामूलक क्षेत्रमा काम गर्ने प्रहरी जनशक्तिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । २१ कार्य दिन अवधिको उक्त तालिममा २० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको छ ।

तालिम उद्‍घाटन कार्यक्रममा प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुको साथै होटलका पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖