तमोर नदीमा नुहाउने क्रममा बेपत्ता भएका बालक मृत भेटिए
ताप्लेजुङ । गत शनिबार ताप्लेजुङको हान्द्रुङबाट नुहाउने क्रममा तमोर नदीले बगाई बेपत्ता भएका बालक दोभान स्थित तमोर नदीमा मृत अवस्थामा फेला परेका छन्।
मेरिङदेन गाउँपालिका ६ नलबु घर भई हाल फुङ्लिङ नगरपालिका दुई धोक्रेस्थित हेमन्त श्रेष्ठको घरमा डेरा गरी बस्ने निङ्मा शेर्पाका छोरा वर्ष ९ का फुर्वा शेर्पाको सव बिहीबार साँझ ५ : ३० बजे मेरिङ्देन ३ खाम्लुङ दोभान स्थित तमोर नदीको किनारामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
प्रहरीका अनुसार मृतक बालकको सव जिल्ला अस्पताल ताप्लेजुङमा ल्याई पोस्टमार्टमको प्रक्रिया अगाडि बढाइएको छ ।
शेर्पालाई गत शनिबार दिउँसो नुहाउने क्रममा तमोर नदीले बगाई बेपत्ता भएका थिए।-रेडियो ताप्लेजुङ


